Thursday, June 4, 2026

प्रतिनिधिसभा निर्वाचन : बाराका चारै क्षेत्रमा उम्मेदवारविरुद्ध उजुरी परेन

spot_img

कलैया,०७ माघ  । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाराका चारै निर्वाचन क्षेत्रमा दर्ता भएका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन ।

माघ ६ गते मंगलबार सम्पन्न मनोनयन दर्ता प्रक्रियाअनुसार बारा निर्वाचन क्षेत्र नं. १ मा २० जना, क्षेत्र नं. २ मा २९ जना, क्षेत्र नं. ३ मा २४ जना र क्षेत्र नं. ४ मा ३९ जना गरी जम्मा ११२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए। बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय तोकिएको भए पनि कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाराले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार उजुरी नपरे पनि माघ ८ गते मनोनयनपत्र तथा उजुरीउपर जाँचबुझ गरी उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ।

त्यस्तै माघ ९ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तालिका रहेको मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर