Thursday, June 4, 2026

पर्सामा सवारी चोरीमा संलग्न तीन जना पक्राउ

spot_img

कलैया, ०८ माघ । पर्सा प्रहरीले दुई वटा मोटरसाइकल र एउटा स्कुटर सहित चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं १३ श्रीपुर बस्ने १९ वर्षीय साहिलकुमार रौनियार, १९ वर्षीय श्यामबाबु ठाकुर र भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला सुगौली घर भई हाल पर्सा वीरगंज महानगरपालिका वडा नं १३ बस्ने १९ वर्षीय रोशनकुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगञ्ज महानगरपालिका वडा नं.१३ राधेमाई स्थित सडकखण्डमा यस कार्यालय मातहत वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको गस्ती टोलीले एक जना अपरिचत व्यक्तिले संकास्पदरूपमा मोटरसाईकल डो-याई लगिरहेको अवस्थामा रोकी उक्त मोटरसाईकल चेकजाँच तथा निजको शरीर समेत खानतलासी प्रहरीले गरेको हो।

सो मोटरसाईकलमा पछाडी पट्टी नम्बर प्लेट नरहेको , साँचो नरहेको अगाडीको तारहरु काटिएको र अगाडी पट्टी बिआर ०५ एक्यु ६९२४ नम्बरको प्लेट लगाएको च्यासिस नं.एमडी ६२५ सिके २९ एम ३ एफओ ५५२३ ईन्जिन नं एके २एफएम ३७०२२४० भएको टिभिएस कम्पनिको मोटरसाईकल रहेको हो।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१३ श्रीपुर बस्ने वर्ष १९ को साहिल कुमार रौनियारसँग सोधपुछ गर्दा उल्लेखित मोटरसाईकल ५ दिन पहिला र अर्को नम्बर प्लेट नभएको होण्डा साइन मोटरसाईकल समेत तीनजना मिली वीरगञ्ज महानगरपालिका वडा नं १३ दृष्टी आँखा अस्पताल एरियाबाट रातिको समयमा चोरी गरी ल्याइएको मोटरसाईकल श्यामबाबु ठाकुरको कोठामा लुकाई छिपाई राखिएको स्थानबाट प्रहरीले बरामद गरेको छ।

अगाडी पट्टी बिआर ०५ एक्यु ६९२४ नं को प्लेट नरहेको टिभिएस कम्पनीकोमोटरसाईकल खटिएको प्रहरी टोलीले बरामद गरेको हो। पक्राउ परेकाहरू विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ। नम्बर प्लेट नभएको एक मोटरसाइकल तथा ना ५५ प १५ नं को कालो रंगको स्कुटर प्रहरीले बरामद गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर