Saturday, September 26, 2026

बारा-३ मा रामबाबु यादवको चुनावी घरदैलो अभियान

Advertisement
Advertisement

कलैया, ११ माघ। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि जसपा नेपालका नेता रामबाबु कुमार यादवले घरदैलो अभियान सुरु गरेका छन् ।

बारा निर्वाचन क्षेत्र नम्बर ३ मा जसपा नेपालबाट उम्मेदवारी दिएका यादवले चुनावी प्रचार प्रसारको लागि घरदैलो अभियान सुरु गरेका हुन् । यस क्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ११ घोघलडियामा छाता छापसहितको घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। घरदैलोका क्रममा यादवले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेका थिए।

उनले मधेसको पहिचान, समान अधिकार, सुशासन, तथा विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले बारा जिल्ला कृषिप्रधान क्षेत्र भएकाले किसानका समस्या समाधान, सिँचाइ सुविधा विस्तार, मल–बीउको सहज उपलब्धता तथा कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने विषयलाई विशेष प्राथमिकतामा राख्ने बताएका थिए।

यादव यसअघि पनि बारा-३ क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार थिए। अघिल्लो निर्वाचनमा उनले १७ हजार २ सय ७९ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर