Thursday, June 4, 2026

परवानीपुर हत्या प्रकरण: मृतक आमाछोराको पहिचान खुल्यो

spot_img

कलैया,१४ माघ  । बारामा अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रहार गरी हत्या गरिएका आमाछोराको पहिचान खुलेको छ।

बारा जिल्ला को परवानीपुर गाउँपालिका–१ रहरियाडीमा एकै परिवारका ४६ वर्षीया आमा सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको निर्मम हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्। डिएसपी पण्डितका अनुसार आज बिहान करिब ३ बजेतिर अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनामा परिवारकै ५० वर्षीय श्रीमान् जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी गम्भीर घाइते भएका छन्। घाइते दुवै जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी पण्डितले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर