Thursday, June 4, 2026

चक्कु प्रहार प्रकरण : अभियुक्त इमताज अन्सारी पुर्पक्षका लागि कारागार चलान

spot_img

कलैया,१५ माघ । बाराको कलैया उपमहानगरपालिका–४ का पूर्व वडा अध्यक्ष जटाशंकर सहनीका छोरा रबिन कुमार सहनीमाथि पुस १९ गते शनिबार साँझ भएको चक्कु प्रहार घटनामा संलग्न अभियुक्त इमताज अन्सारीलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

बारा जिल्ला अदालतको इजलास नम्बर ५ का न्यायाधीश नरेन्द्रबहादुर बुढाको इजलासले आज कलैया उपमहानगरपालिका–५ बारेवा टोल निवासी अन्सारीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएका हुन्।

पीडितका बुवाले दिएको जाहेरीका आधारमा पक्राउ परेका अन्सारीमाथि ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार अनुसन्धान सम्पन्न गरी अदालतमा पेश गरिएपछि अभियुक्तलाई कारागार चलान गरिएको हो । डिएसपी पण्डितका अनुसार अन्य फरार अभियुक्तहरुको खोजि कार्य भईरहेको छ ।

कलैया उपमहानगरपालिका-४ स्थित कलैया गाउँमा आफ्नै घर अगाडि पुस १९ गते शनिबार साँझ सहनीमाथि चक्कु प्रहार गरी अभियुक्त मोटरसाइकल छाडेर फरार भएका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका सहनीको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारपछि हाल घरमै आराम गरिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर