Thursday, June 4, 2026

कलैयाको हिमानी पार्टी प्यालेसमा बैंकका कर्मचारी मृत फेला

spot_img

कलैया,१६ माघ । बाराको कलैया उपमहानगरपालिका-५ दरबार टोलमा लालबाबु यादवले संचालन गरेको हिमानी पार्टी प्यालेसमा आज एक युवक मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार वीरगञ्जस्थित नवील बैंक बिरगंज शाखामा मार्केटरका रूपमा कार्यरत ३५ वर्षीय शैलेन्द्र ठाकुर पार्टी प्यालेसको कोठा नम्बर–६ को बेडमुनि अचेत अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले जाँच गर्दा उनको मृत्यु भइसकेको पुष्टि भएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन् । मृतक ठाकुर सप्तरी जिल्लामा घर भई हाल पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–३, प्रगति नगरमा बसोबास गर्दै आएका प्रहरीले जनाएको छ ।

सोही कोठामा जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत कार्यालय सहयोगीराजेशराज उपाध्याय पनि उपस्थित रहेको प्रहरीले जनाएको छ ।प्रारम्भिक अनुसन्धानबाट दुवै जनाले राति कोठाभित्र नाकमार्फत ‘खैरो जस्तो देखिने पदार्थ’ सेवन गरेको खुलेको र त्यसको ओभरडोजका कारण ठाकुरको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर