Saturday, September 26, 2026

ट्रेड युनियन कांग्रेस बाराको दोस्रो जिल्ला परिषद सम्पन्न, प्रचारप्रसार समिति गठन

Advertisement
Advertisement

कलैया, १७ माघ । नेपाल ट्रेड युनियन कांग्रेस बाराको दोस्रो जिल्ला परिषद कलैयामा शुक्रबार सम्पन्न भएको छ। बाराको कलैया उपमहानगरपालिका–१ स्थित नेपाली कांग्रेस पार्टी कार्यालय बी.पी. भवनको सभाहलमा सो परिषद सम्पन्न भएको हो। “श्रम शक्ति नै राष्ट्र शक्ति हो” भन्ने मूल नाराका साथ परिषद सम्पन्न भएको हो।ट्रेड युनियन कांग्रेस बाराका जिल्ला अध्यक्ष विश्वमणी शर्माको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य माधव उपाध्याय रहेका थिए। कार्यक्रममा कारखाना संघ बारा जिल्ला अध्यक्ष अरुण कुमार यादव, ट्रेड युनियन कांग्रेस बारा उपाध्यक्ष बसन्त अधिकारी, नेपाल शिक्षक संघ बारा जिल्ला अध्यक्ष राजकिशोर सहनी, कारखाना संघका केन्द्रीय पूर्व अध्यक्ष धिरेन्द्र कुमार सिंह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यायले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे। नेपाली कांग्रेसको बहुमत सरकार आवश्यक रहेको उनले बताए। संविधान लेखनदेखि मजदुरमैत्री नीति, श्रम ऐन तथा बोनस ऐन नेपाली कांग्रेसकै नेतृत्वमा आएको भन्दै उनले चारै निर्वाचन क्षेत्रमा मजदुर वर्गको महत्वपूर्ण भूमिका रहने उनले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष विश्वमणी शर्माले श्रमिक वर्गलाई नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्न आह्वान गरे। चारै निर्वाचन क्षेत्रमा फोकल पर्सनसहित समिति गठन गर्न आग्रह गरे।

कार्यक्रममा वित्तीय संघ बारा जिल्ला अध्यक्ष सुरेश साह, कृषि समन्वय संघ बारा अध्यक्ष ओमप्रकाश यादव, ब्युटिसियन संघ कलैया नगर अध्यक्ष रन्जिता श्रेष्ठ, नेपाल नाई संघका ढगई ठाकुर, नेपाल छापाखाना संघका जुनेद अन्सारी लगायत विभिन्न संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति थियो।

कार्यक्रममा स्वागत मन्तव्य सिलाई–बिनाई संघ बारा जिल्ला अध्यक्ष सन्ध्या अधिकारीले गरेकी थिइन्। कार्यक्रमको सञ्चालन ट्रेड युनियन कांग्रेस बारा जिल्ला सचिव ध्रुव रायले गरेका थिए।सोही कार्यक्रमबीच आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा प्रचारप्रसार समिति गठन गरिएको छ। प्रचारप्रसार समितिको मुख्य संयोजकमा विश्वमणी शर्मा चयन भएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर–१ का संयोजक दिनेश साह, क्षेत्र नम्बर–२ का वैधनाथ प्रसाद, क्षेत्र नम्बर–३ का बसन्त घिमिरे र क्षेत्र नम्बर–४ का संयोजक ध्रुवराय चयन भएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर