कलैया, २१ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि नेपाली सेना परिचालन गरिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नको लागि बारा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा नेपाली सेना परिचालन भएको हो । बारामा संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रहरू छुट्याइएको छ ।
सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ। सोहि बमोजिम निर्वाचनलाई दृष्टिगत गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई समन्वयमा परिचालन गरिएको हो।





