Wednesday, July 22, 2026

बारा–२ मा कांग्रेस उम्मेदवार भैयाराम यादवद्वारा मतदाता भेटघाट अभियान सुरु

कलैया,२६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका उम्मेदवार भैयाराम यादवले मतदाता भेटघाट कार्यक्रम सुरु गरेका छन्। उनले पचरौता नगरपालिका वडा नम्बर–४ का बेलदारी, गुलरिया र इनर्वा टोल र वडा नम्बर–५ को चिकनी बेलदारी टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्।

भेटघाटका क्रममा उम्मेदवार यादवले कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न मतदातासँग अपिल गरेका छन्। गाउँगाउँमा पुग्दा मतदाताहरू रुख चिन्हप्रति उत्साहित देखिएको र स्वयं मतदाताले व्यापक प्रचार–प्रसार गरिरहेको उनले बताए। उम्मेदवार यादवले आफ्नो राजनीतिक एजेन्डा तथा क्षेत्रको विकासका योजनाबारे मतदातालाई जानकारी गराएका छन् ।

भेटघाट कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्ला सचिव राजेश रौनियार, सह-सचिव प्रमोद यादव, मणिभूषण यादव, सुनिल यादव, रामप्रसाद यादव, ललन चौरसिया, हरिनाथ यादव, धर्मेन्द्र साह, सुमित श्रीवास्तव, विराज पटेल, अनिल यादवलगायत नेता-कार्यकर्ता तथा युवाहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर