Monday, July 20, 2026

कलैयामा आयोजित बृहत रक्तदान कार्यक्रममा ५४ जनाले गरे रक्तदान

कलैया,०२ फागुन । जेनजी युथ अफ कलैया उपमहानगरपालिका कमिटीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बाराको सदरमुकाम कलैयास्थित भरत चोकमा भएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान जीवन दान भन्ने मुल नाराका साथ भएको रक्तदान कार्यक्रममा सञ्चारकर्मी प्रहलाद चौरसिया,जेनजी युथ अफ कलैया उपमहानगर कमिटीका संयोजक सौरभ पाण्डे,रोहित पटेल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जेनजी युवाहरु लगायत ५१ जना पुरुष र ३ जना महिला गरि ५४ जनाले रक्तदान गरेको प्रादेशिक अस्पताल कलैया ब्लड बैंकका इन्चार्ज राजाबाबु गुप्ताले जानकारी दिएका छन् ।

प्रादेशिक अस्पताल कलैया ब्लड बैंकमा रगतको अभाव भएकोले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको जेनजी युथ अफ कलैया उपमहानगर कमिटीका संयोजक सौरभ पाण्डेले जानकारी दिए ।

उक्त कार्यक्रममा प्रादेशिक अस्पताल कलैया ब्लड बैंकका नजदा खातुन,कृष्ण यादव,जेनजी युथ अफ कलैया उपमहानगरपालिका कमिटीका पदाधिकारी,सौरभ चौगाई,सुरक्षाकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर