कलैया, ०४ फागुन। नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य घटेको छ। आज सुन ३ हजार रुपैयाँले घटेर तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस अघि आइतबार आइतबार सुन तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मुल्य पनि घटेको छ ।
चाँदी तोलामा १ सय २५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यस अघि आइतबार चाँदी ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।





