Saturday, September 26, 2026

बारा-३ : रास्वपा उम्मेदवार इन्जिनियर साहद्वारा बैजनाथपुरमा घरदैलो

Advertisement
Advertisement

कलैया, ०६ फागुन । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बैजनाथपुरमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले घरदैलो कार्यक्रम गरेका छन्।

बैजनाथपुरका विभिन्न टोलमा पुगेर उनले मतदातासँग भेटघाट गर्दै मत अपिल गरेका छन्। घरदैलोका क्रममा साहले स्थानीय तहका साना कामभन्दा संघीय सांसदले गर्न सक्ने नीतिगत र कानुनी पहलका विषयमा जोड दिएका छन्।

उनले भने, “प्रतिनिधिसभा सदस्यको मुख्य काम नीति बनाउने, बजेट ल्याउने र सरकारलाई जवाफदेही बनाउने हो।” क्षेत्रका लागि आवश्यक ठूला पूर्वाधार योजना, सिंचाइ आयोजना, सडक स्तरोन्नति, स्वास्थ्य संस्था र शैक्षिक पूर्वाधारका लागि संघीय बजेट सुनिश्चित गर्न आफू सक्रिय रहने उनले बताए।

साहले कृषि क्षेत्रका लागि अनुदान नीति सुधार, मल–बिउ आपूर्ति प्रणाली पारदर्शी बनाउने कानुनी पहल र किसानमैत्री बजार संरचना निर्माणका लागि संसदमा आवाज उठाउने बताएका छन्। साथै उद्योग–व्यवसाय प्रवर्द्धन, साना तथा मध्यम उद्यमलाई कर र नीतिगत सहजीकरण, र युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम संघीय स्तरबाट ल्याउन पहल गर्ने उनको भनाइ छ।

त्यस्तै नागरिकता, राहदानी, सामाजिक सुरक्षा जस्ता विषयमा कानुनी जटिलता हटाउन आवश्यक संशोधन र सरलीकरणका लागि पहल गर्ने उनले उल्लेख गरेका छन्। सुशासन र पारदर्शिताका लागि संसदमार्फत निगरानी भूमिका सशक्त बनाउने उनको प्रतिबद्धता छ।

घरदैलोका क्रममा उनले मतदातासँग घण्टी छापमा मतदान गर्न आग्रह गर्दै “संसदमा तपाईँहरूको आवाज बलियोसँग उठाउने” अठोट दोहोर्‍याएका छन्। स्थानीयवासीले पनि यसपटक नीतिगत रूपमा काम गर्ने प्रतिनिधिको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर