Tuesday, July 21, 2026

बारा-२ : जसपा उम्मेदवार यादवद्वारा दुई टोलमा घरदैलो

कलैया,०७ फागुन । बारा निर्वाचन क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढेको छ। यसै क्रममा जनता समाजवादी नेपाल पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामकिशोर प्रसाद यादवले दुई टोलमा घरदैलो कार्यक्रम गरेका छन् ।

उनले आज महागढीमाई नगरपालिका वडा नम्बर १ र २ मा घरदैलो कार्यक्रम गर्दै मतादातासंग प्रत्यक्ष भेटघाट गरि संवाद गरेका हुन् । घरदैलोका क्रममा उनले आफ्नो पक्षमा भारी मतदान गर्न आग्रह गरे। आफु विजयी भएमा किसानका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा जनता समाजवादी नेपालका स्थानीय अगुवा, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर