Tuesday, July 21, 2026

बारा-३ : रास्वपा उम्मेदवार इन्जिनियर साहको सिस्वामहेशपुरमा घरदैलो

कलैया,१० फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका इन्जिनियर अरविन्द साहले सिस्वामहेशपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कलैया उपमहानगरपालिका–२६ सिस्वामहेशपुर टोलमा पुगेका साहले मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै समर्थन मागेका हुन्।

घरदैलोका क्रममा उनले निर्वाचित सांसदको पहिलो र महत्वपूर्ण जिम्मेवारी आफ्नो क्षेत्रका जनताको दैनिक समस्या, आधारभूत पूर्वाधार, सेवा–सुविधा, अवसर र सम्भावनालाई प्राथमिकताका साथ सम्बोधन गर्नु रहेको बताए।

“सांसद केवल कानुन बनाउने व्यक्ति मात्र होइन, उनी जनता र राज्यबीचको जीवित पुल हुन्। त्यो पुल कति मजबुत छ भन्ने कुराले नै उनको वास्तविक परीक्षा निर्धारण गर्छ,” उनले भने।

उनले राजनीति पद प्राप्त गर्ने माध्यम नभई जिम्मेवारी वहन गर्ने दायित्व भएको उल्लेख गर्दै स्थानीय प्राथमिकताहरू स्पष्ट रूपमा निर्धारण गरिसकेको बताए। “जनताको भरोसा नै मेरो सबैभन्दा ठूलो पूँजी हो। राष्ट्रिय हित र स्थानीय आवश्यकताबीच सन्तुलन मिलाउँदै अघि बढ्नु नै मेरो प्रतिबद्धता हो,” साहले जोड दिए।

उक्त कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य डा. सुशील साह, युवा तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर