कलैया, ११ फागुन । नेपाली बजारमा आज सोमबार सुनको मुल्य बढेको छ । आज सुन तोलामा ३ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मुल्य तोलामा १ सय ७० रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५९ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



