Thursday, June 4, 2026

बारा-२ मा नेपाली कांग्रेसका उम्मेदवार भैयाराम यादवको घरदैलो अभियान, मतदातासँग संवाद

spot_img

कलैया, ११ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेस का उम्मेदवार भैयाराम यादवले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्। मतदाता भेटघाट र घरदैलो कार्यक्रममार्फत उनी यतिबेला टोल-टोलमा पुगेर जनतासँग प्रत्यक्ष संवादमा व्यस्त छन्।

सोमबार उनले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत महागढीमाई नगरपालिका–२ का मैनी, भन्सिया र नयका टोलमा पुगेर मतदातासँग भेटघाट गरेका हुन्। घरदैलोका क्रममा उनले विकास, समृद्धि र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै पार्टीको ‘रुख’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

यादवले कृषि आधुनिकीकरण, गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा सुधार, युवा रोजगारी सिर्जना, पारदर्शी शासन व्यवस्था तथा महिला आयआर्जन अभिवृद्धिलगायतका एजेन्डा सार्वजनिक गर्दै समग्र क्षेत्रीय विकासको बारे मा जानकारी दिएका छन् ।

“म कुरामा भन्दा काममा विश्वास गर्छु। यस क्षेत्रको विकास र समृद्धिका लागि ‘रुख’ चिन्हमा मतदान गरी मलाई सेवा गर्ने अवसर दिनुहुनेछ भन्नेमा म विश्वस्त छु,” घरदैलोका क्रममा यादवले भने

घरदैलो कार्यक्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय प्रचारप्रसार समिति संयोजक विरेन्द्र यादवसहित बबिता जयसवाल, मनोज गुप्ता, साजन गुप्ता लगायत महिला, युवा तथा पार्टीका कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर