Sunday, July 19, 2026

बाराका मतगणनास्थलमा सुरक्षा व्यवस्था चुस्त : तारजाली र सिसी क्यामेरा जडान

कलैया, २० फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन बारामा सुरक्षा व्यवस्था अत्यन्तै चुस्त बनाइएको छ।

बारा-३ मा निर्वाचनपश्चात् हुने मतगणना कार्य कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा हुने छ। मतगणना स्थलमा जहाँ सुरक्षाका विशेष प्रबन्धहरू मिलाइएका छन्।

मतगणना स्थललाई सुरक्षित र विवादरहित बनाउन गणना गरिने क्षेत्रमा तारजाली लगाइएको छ भने सम्पूर्ण गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडान गरिएको छ।

निर्वाचन आयोगको मापदण्ड अनुसार मतपत्रको सुरक्षा र गणना प्रक्रियाको पारदर्शिता सुनिश्चित गर्न यस्तो कडा सुरक्षा व्यवस्था गरिएको हो। बाराको अन्य निर्वाचन क्षेत्रमा पनि मतगणना स्थलमा सुरक्षा कडा बनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर