Thursday, June 4, 2026

बारा–४ मा समानुपातिक तर्फ रास्वपा पहिलो

spot_img

जीतपुर, २५ फागुन । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार यस क्षेत्रमा खसेको कुल ६९ हजार ६४० मतमध्ये ३ हजार मत बदर भएको छ।

समानुपातिक तर्फको दलगत मत परिणाममा घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता कायम गरेको छ। रास्वपाले ५० हजार ४२१ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।

त्यसैगरी सूर्य चुनाव चिन्ह रहेको नेकपा एमालेले ८ हजार २०१ मतसहित दोस्रो स्थानमा रहँदा रुख चुनाव चिन्ह भएको नेपाली कांग्रेसले ५ हजार १८ मत प्राप्त गरेको छ। छाता चुनाव चिन्ह रहेको जनता समाजवादी पार्टीले ४ हजार ४२ मत ल्याएको छ भने तारा चुनाव चिन्ह रहेको नेपाल कम्युनिष्ट पार्टीले १ हजार ९५८ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

समानुपातिक तर्फको मतगणना सम्पन्न भएसँगै बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतगणनामा खटिएका कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा सहयोगीहरूलाई निर्वाचन कार्यालयले धन्यवादसमेत व्यक्त गरेको छ।

यसअघि सोही क्षेत्रमा भएको प्रत्यक्षतर्फको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अन्सारी फराकिलो मतान्तरसहित निर्वाचित भएका थिए। उनले ४१ हजार २०० मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) लाई २९ हजार ५६१ मतान्तरले पराजित गरेका हुन्। श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर