कलैया, ०२ चैत । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य बढेको छ । सुनकाे मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको भएको थियो । यस्तै चाँदीको मुल्य आज तोलामा ५ रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला ५ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।





