Saturday, September 26, 2026

ग्यास उद्योगको गोदाममा ६ हजार सिलिन्डर लुकाएको भेटियो, ३ लाख जरिवाना

Advertisement
Advertisement

कलैया, ०२ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा छापा मारी लुकाएर राखिएको अवस्थामा ६ हजार ३७७ वटा ग्यास सिलिन्डर फेला पारेको छ। बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले ती सिलिन्डर भण्डारण गरिएको विभागको निष्कर्ष छ।

अनुगमनका क्रममा १४.२ किलो तौल भरिएका ग्यास सिलिन्डरहरू लुकाएको पाइएपछि विभागले उक्त उद्योगलाई रु तीन लाख जरिवाना गरेको छ। साथै, बरामद गरिएका सिलिन्डरहरू नेपाल आयल निगमको रोहबरमा तत्काल बजारमा बिक्री-वितरण गर्न निर्देशन दिइएको छ।

पश्चिम एसियामा बढेको तनावका कारण ग्यास आपूर्ति बन्द हुने डरले उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सिलिन्डर थुपार्दा वितरणमा समस्या देखिएको निगमले जनाएको छ। विभागले आपूर्ति प्रणाली सहज बनाउन र कृत्रिम अभाव सिर्जना नगर्न सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर