Monday, October 5, 2026

आज उपासना, प्रार्थना र सद्भाव साटासाटको पर्व ईद उल फित्र मनाइँदै 

Advertisement
Advertisement

कलैया, ०७ चैत। इस्लाम धर्मावलम्बीहरूले शुक्रबार साँझ ‘दुज’ (द्वितीय) तिथीको चन्द्रमा देखेपछि आज शनिबार बिहान सामूहिक नामाज (प्रर्थना) गर्दै ईद उल फित्र मनाउँदै छन्।

कलैयामा हरेक वर्ष ईदको अवसरमा सम्पूर्ण मुस्लिमहरुले शुभकामना साटासाट गर्दै हर्षोल्लास र धुमधामसाथ मनाउँदै आएका छन्। इदका दिन सेबई र अरु मिठो परिकारहरु खाने र खुवाउने चलन छ । करिब एक महिनाको कडा उपासनापछि शुक्रबार साँझ इदको चाँद हेरी शनिबार नजिकको मस्जिद र ईदगाहमा पुगेर अल्लाहसँग प्रार्थना गरिन्छ। ईस्लाम धर्मावलम्बीहरुले विगत एक महिनादेखि दैनिक साढे १७ घण्टा निराहार ब्रत बस्दै दिनभरीमा पाँच पटकसम्म नमाज पढेर रोजा बस्ने गर्छन । करिब एक महिना अगाडि चन्द्रमा हेरेर ब्रत सुरु गरेका थिए ।

‘उपासना, प्रार्थना र सद्भाव साटासाटकको पर्व हो यो,’ निलकण्ठवाका मोल्लबी सोहराफ अंसारी अम्जदियाले भने, ‘आचरणमा बसेर मनाईने रामजानले धार्मिक मान्यताप्रति गहिरो लगाव देखाउँछ, र धर्मले प्रदर्शन गरेको पथमा अगाडि बढ्न प्रेरणा दिन्छ, ‘ईद उल–फित्र’ले आपसी भाइचारा बढाउने गर्दछ ।’

ईदका दिन ब्रतालुहरु विहानै नजिकको मस्जिद र ईदगाहमा पुगी सामूहिक रुपमा नमाज पढेर आफू वा आफ्नो परिवारबाट भएको सबै गल्तीको क्षमायाचना गर्दै अल्लाहसंग आर्शिवाद लिने गरिन्छ । कलैयामा बसोबास गर्ने करिब १८ हजार स्थानीय मुस्लिम समुदायले यहाँका मदरसा टोल, बसपुर, सितलपुर, पुरैनिया, निलकण्वा, मटिअर्वा, यस्तै जितपुर सिमरा, फेटा लगायत मस्जिद र इदगाहमा पुगी नमाज पढी दुवा माग्ने गरिन्छ। त्यसपछि एक आपसलाई अंगालो हालेर शुभकामना आदानप्रदान गरिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर