Sunday, July 19, 2026

अमेरिकी डलरको मुल्य १५० नाघ्यो, अरू कुन विदेशी मुद्राको कति ?

कलैया, ०७ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर निर्धारण गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा तोकिएको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा रहेको छ।

अन्य प्रमुख मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर खरिद १०९ रुपैयाँ ४ पैसा र बिक्री १०९ रुपैयाँ ४८ पैसा, तथा सिङ्गापुर डलर खरिद ११७ रुपैयाँ १ पैसा र बिक्री ११७ रुपैयाँ ४८ पैसा कायम भएको छ।

खाडी मुलुकका मुद्रातर्फ साउदी रियालको खरिद ३९ रुपैयाँ ४५ पैसा र बिक्री ४० रुपैयाँ १ पैसा, कतारी रियाल खरिद ४० रुपैयाँ ४० पैसा र बिक्री ४१ रुपैयाँ ११ पैसा, तथा यूएई दिराम खरिद ४० रुपैयाँ ७४ पैसा र बिक्री ४० रुपैयाँ ९१ पैसा तोकिएको छ। छिमेकी मुुलुक भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ। वाणिज्य बैंकहरूले तोक्ने दरमा केही भिन्नता हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर