कलैया, ०८ चैत । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर दुई लाख ८२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने तोलामा ३ सय ५५ रुपैयाँले घटेर चार हजार ५ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।



