Wednesday, July 22, 2026

चैती छठ: आज खरना, मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

कलैया,०९ चैत । सूर्यको उपासना गरी मनाइने चैती छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना विशेष श्रद्धा र निष्ठाका साथ मनाइँदैछ।

आइतबार नहाय-खाय बाट सुरु भएको यस महापर्वको आज मुख्य तयारीको दिन हो। आजका दिन व्रतालुहरू दिनभर निराहार व्रत बसी साँझपख माटोको नयाँ चुलोमा आँपको दाउरा र गोइठा (गुइँठा) बालेर चामल र सख्खरको खीर पकाउँछन्।

उक्त प्रसाद र फलफूल छठी माईलाई अर्पण गरेपछि मात्र व्रतालुले ग्रहण गर्ने गर्दछन्, जसलाई खरना भनिन्छ।
यो पूजा सम्पन्न भएसँगै व्रतालुहरूको ३६ घण्टा लामो कठिन निर्जला व्रत सुरु हुन्छ। मंगलबार साँझ जलाशयमा पुगेर कम्मरसम्म पानीमा डुबी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ।

तराई-मधेसका नदी, पोखरी र जलाशयका घाटहरूलाई सजाइएको छ। यो पर्वको समापन बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि हुनेछ। वर्षमा दुई पटक (कात्तिक र चैत) मा मनाइने छठले शुद्धता, अहिंसा र प्रकृति पूजाको अनुपम सन्देश प्रवाह गर्दछ।

विशेषगरी मधेस प्रदेशमा यसको छुट्टै रौनकता र सांस्कृतिक महत्व रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर