Saturday, July 18, 2026

‘हो’ नभए अपराधः नेपालमा वैवाहिक जबरजस्ती करणीको कानूनी र सामाजिक दृष्टिकोण

कलैया, १२ चैत। साधारण रुपमा हामीले प्रायः “जबरजस्ती करणी” भन्ने शब्द सुन्छौं, तर के तपाईलाई थाहा छ वैवाहिक जबरजस्ती करणी र सामान्य जबरजस्ती करणी बीच के फरक छ? नेपालको कानुनले आज यी दुवैलाई गम्भीर अपराधको रूपमा लिएको छ।

जबरजस्ती करणी भनेको के हो?

नेपालको मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ अनुसारः कुनै महिलाको मन्जुरी बिना (without consent) जबरजस्ती यौन सम्बन्ध राख्नु जबरजस्ती करणी हो। यहाँ “मन्जुरी (consent)” सबैभन्दा महत्वपूर्ण तत्व हो। साथै, मन्जुरी भए तापनि यदि महिलाको उमेर १८ वर्षभन्दा कम छ भने, त्यस्तो यौन सम्बन्धलाई स्वतः जबरजस्ती करणी (statutory rape) मानिन्छ।

दोस्रो भागः वैवाहिक जबरजस्ती करणी के हो?

नेपालको मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (४) अनुसारः यदि पति (husband) ले आफ्नी पत्नीसँग मन्जुरी बिना यौन सम्बन्ध राख्छ भने त्यसलाई वैवाहिक जबरजस्ती करणी मानिन्छ। तर यो अवधारणा सधैं यस्तो थिएन। यसलाई बुझ्न हामीले पुरानो कानुन (मुलुकी ऐन, २०२०) देखि वर्तमान कानुनसम्म हेर्नुपर्छ।

पुरानो मुलुकी ऐन, २०२० अन्तर्गतःवैवाहिक जबरजस्ती करणीलाई स्पष्ट रूपमा अपराधको रूपमा मान्यता दिइएको थिएन।

विवाहलाई यौन सम्बन्धको स्थायी सहमति (implied consent) जस्तो हेरिन्थ्यो,

पत्नीको स्वतन्त्र मन्जुरीलाई विशेष महत्व दिइँदैनथ्यो,

पति लाई वैवाहिक सम्बन्धभित्र विशेष अधिकार भएको जस्तो व्यवहार हुन्थ्यो।

तेस्रो भागः सजाय (Punishment) को प्रावधान

नेपालको कानून अनुसार, उमेरको आधारमा सजाय फरक-फरक हुन्छः

यदि जरबजस्ती करणी १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त महिला, वा वृद्ध महिलामाथि गरिएको छ भने, त्यसको सजाय जन्मकैद (२५ वर्ष) हुनेछ।

यदि जरबजस्ती करणी १० वर्ष वा बढी तर १४ वर्षभन्दा कम उमेरकी बालिकामाथि गरिएको छ भने, त्यसको सजाय १८-२० वर्ष कैद हुनेछ।

यदि जरबजस्ती करणी १४ वर्ष वा बढी तर १६ वर्षभन्दा कम उमेरकी बालिकामाथि गरिएको छ भने, त्यसको सजाय १२-१४ वर्ष कैद हुनेछ।

यदि जरबजस्ती करणी १६ वर्ष वा बढी तर १८ वर्षभन्दा कम उमेरकी महिलामाथि गरिएको छ भने, त्यसको सजाय १०-१२ वर्ष कैद हुनेछ।

यदि जरबजस्ती करणी १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिलामाथि गरिएको छ भने, त्यसको सजाय ७-१० वर्ष कैद हुनेछ।

वैवाहिक जबरजस्ती करणी (दफा २१९ (४)) यदि पति ले पत्नीमाथि जबरजस्ती करणी गरेमाः ५ वर्षसम्म कैद हुने व्यवस्था छ ।

सामाजिक अवधारणा

“विवाहपछि consent आवश्यक हुँदैन” भनाइलाई चुनौती दिँदै समाजलाई प्रगतिशील दिशातर्फ लैजाने अवधारणा समेत हो। विवाहलाई जबरजस्ती होइन, पारस्परिक सम्मान र समझदारीमा आधारित सम्बन्धको रूपमा पुष्टि गर्छ। वैवाहिक जबरजस्ती करणीलाई अपराध मान्नु केवल कानुनी दृष्टिकोणमा मात्र नभई समाजका लागि पनि महत्वपूर्ण सामाजिक मूल्य राख्दछ। यसले विवाहभित्र महिलाको स्वतन्त्रता र शरीरमाथिको अधिकारको सम्मान सुनिश्चित गर्दछ, जसले मानव अधिकारको संरक्षण गर्छ। यसले पति र पत्नीबीच लैङ्गिक समानता कायम गर्न मद्दत गर्दछ र वैवाहिक सम्बन्धलाई केवल शक्ति वा अधिकारको आधारमा होइन, पारस्परिक सम्मान र समझदारीमा आधारित बनाउन प्रोत्साहित गर्दछ। साथै, यसले घरभित्र हुने यौन हिंसा विरुद्ध स्पष्ट सामाजिक सन्देश दिन्छ र पुराना गलत धारणा जस्तै “विवाह भएपछि consent आवश्यक हुँदैन” भन्ने सोचलाई चुनौती दिन्छ। यस्तो कानुनी र सामाजिक दृष्टिकोणले समाजमा सचेतना, सुधार र सकारात्मक परिवर्तन ल्याउने काम गर्दछ ।

निष्कर्ष: नेपालमा जबरजस्ती करणी र वैवाहिक जबरजस्ती करणी दुवैलाई कानुनी रूपमा अपराध मानिएको छ। उमेर र सहमति नहुनु दुवैले सजाय निर्धारण गर्छ। विशेषगरी वैवाहिक जबरजस्ती करणीको कानुनले महिलाको स्वतन्त्रता र शरीरमाथिको अधिकारको सुरक्षा सुनिश्चित गर्छ। यसले विवाहलाई केवल अधिकार वा शक्ति नभई पारस्परिक सम्मान र समझदारीमा आधारित सम्बन्ध बनाउने सामाजिक सन्देश दिन्छ। यसरी कानुनी र सामाजिक दृष्टिकोणले समानता, मानव अधिकारको संरक्षण र घरभित्रको यौन हिंसा विरुद्ध सचेतना बढाउँछ ।

लेखक- राज नन्दनी साह कानुनको विद्यार्थी हुनुहुन्छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर