Saturday, September 26, 2026

पर्सामा पत्नीको खुट्टा काट्ने पति पक्राउ

Advertisement
Advertisement

वीरगञ्ज , १५ चैत । पर्सामा पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि फरार रहेका विश्वनाथ सहनीलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय सहनीले गत चैत १ गते आफ्नी पत्नी हरिकलादेवीलाई हातखुट्टा बाँधेर धारिलो हतियार प्रयोग गरी बाँया खुट्टाको पैतलाभन्दा माथिको भाग काटेर गम्भीर घाइते बनाएका थिए।

गम्भीर घाइते भएकी महिलाको बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गराइएको प्रहरीले जनाएको छ।प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर