Saturday, September 26, 2026

बालेन सरकारको समर्थनमा कलैयामा जेनजी युथको मोटरसाइकल र्‍याली

Advertisement
Advertisement

कलैया,१७ चैत ।  बालेन सरकार तथा सुरक्षा निकायको समर्थनमा जेनजी युथ अफ बाराका युवाहरूले कलैयामा सद्भावपूर्ण मोटरसाइकल र्‍याली निकालेका छन् ।

सरकारले चालेको सकारात्मक कार्य तथा सुरक्षा निकायले गरि रहेको छानबिन तथा देशमा शान्ति कायम गर्नका लागि जेनजी युथ अफ बाराका संयोजक सौरभ पाण्डेका नेतृत्वमा आज कलैया दरबार रोडदेखि निकालिएको र्‍याली भरत चोक,बालमन्दिर, श्री ३ चन्द्र रोड,देवकोटा चोक,गुप्ता पेट्रोल पम्प हुँदै कलैया बजारसहित नगर परिक्रमा गरेका हुन् ।

उक्त र्‍यालीमा सहभागीहरुले जनताहरु गर्दै आराम विकेट गिर्दै डाम डयाम,सरकार गर्ने कार्यले सुख पाउदै साराले,युवाहरु सरकारको साथमा भ्रष्टाचारीहरु जेलमा र बुढाहरु पाउदै आराम हेरेर नयाँ सरकारको काम भन्ने नारासमेत लगाएका थिए ।

यालीमा माफर्त देशमा शान्ति, सुशासन तथा भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको बाराका संयोजक पाण्डेले जानकारी दिएका छन् । साथै देशमा भ्रष्टचार तथा अराजकता फैलाउनेलाई कडाईका साथ छानविन गर्न दिन तथा सरकार तथा सुरक्षा निकायलाई साथ, सहयोग गरि मनोवल बढाउन उनले आग्रह गरेका छन् ।

उक्त र्‍यालीमा सौरभ चौगाई,सुरज साह,संजय चौधरी,प्रशान्त यादव,आनन्द गुप्ता,रोहित पटेल,अशोक पाण्डे,सुरज खनाल,लालु गुप्ता,एजाजुल अंसारी, युवा तथा जेनजी युथ अफ बाराका पदाधिकारीहरु लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर