Saturday, September 26, 2026

बारामा एसईईको पहिलो दिन एक हजार ७ सय बढी परीक्षार्थी अनुपस्थित

Advertisement
Advertisement

कलैया,१९ चैत । आजदेखि देशभर सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन बारा जिल्लामा एक हजार ७ सय ६४ जना परीक्षार्थी अनुपस्थित भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाई बाराका निमित्त प्रमुख अशोक कुमार रौनियारका अनुसार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा साधारणतर्फ नियमितका ९५ जना, ग्रेडवृद्धिका १ हजार ६ सय १३ जना, प्राविधिकतर्फ नियमितका ४ जना र ग्रेडवृद्धिका ५२ जना गरी कुल १ हजार ७ सय ६४ परीक्षार्थी अनुपस्थित रहेका हुन्।

जिल्लाका १०२ सामुदायिक र ५३ संस्थागत विद्यालयका कुल १० हजार ८ सय १३ परीक्षार्थीमध्ये पहिलो दिन ९ हजार ५० जना मात्र परीक्षामा सहभागी भएको कार्यालयले जनाएको छ। ३० वटा परीक्षा केन्द्रमार्फत सञ्चालन भइरहेको यस वर्षको परीक्षा अन्तर्गत चैत २० गते शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा हुने तालिका रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर