Monday, July 20, 2026

विदेशिएका नेपालीले ८ महिनामा पठाए १४ खर्ब ४९ अर्ब रेमिट्यान्स

कलैया, २० चैत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोड विप्रेषण (रेमिट्यान्स) स्वदेश पठाएका छन्।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतको उच्च वृद्धि हो। गत फागुन महिनामा मात्रै रु १ खर्ब ८८ अर्ब ६४ करोड रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्ष फागुनको तुलनामा उल्लेख्य बढी हो।

विप्रेषणसँगै देशको बाह्य क्षेत्र सन्तुलन पनि मजबुत देखिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति रु ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ भने चालु खाता रु ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा देखिएको छ। अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेर १० अर्ब १५ करोड पुगेको छ, जसले वैदेशिक मुद्रा सञ्चितिमा टेवा पुऱ्याएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।

श्रम स्वीकृतितर्फ भने नयाँ जानेको सङ्ख्यामा केही कमी आएको छ तर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ। यस अवधिमा २ लाख ७३ हजार ५३६ जनाले नयाँ र २ लाख ५१ हजार ९८५ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी) पनि अघिल्लो वर्षको तुलनामा बढेर रु १० अर्ब ८४ करोड पुगेको छ, जसले समग्र आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको संकेत गर्दछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर