Saturday, September 26, 2026

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कार्कीको सरुवा

Advertisement
Advertisement

कलैया,२२ चैत । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई जिल्ला प्रशासन कार्यालय संखुवासभामा सरुवा गरिएको छ। भने बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापालाई पर्साको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।

गृह मन्त्रालयले आज चार सहसचिव र तीन उपसचिवसहित सात कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। सरुवा तथा पदस्थापन हुने सहसचिवहरूमा प्रकाश पौडेल, डा. डिजन भट्टराई, खडानन्द अधिकारी र सुमन घिमिरे रहेका छन्।

प्रकाश पौडेललाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गरिएको छ भने डा. भट्टराईलाई बैतडीको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ।

खडानन्द अधिकारीलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ भने सुमन घिमिरेलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट मन्त्रालयमा सरुवा गरिएको छ।

यसैगरी, जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजु प्रसादलाई इलामको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर