Wednesday, July 22, 2026

बारामा ६ जना फरार प्रतिवादी पक्राउ

कलैया,२५ चैत । बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरुलाई बारा जिल्ला अदालतमा दाखेल गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्।

प्रहरी कारवाहीको सिलसिलामा बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका वारदात पश्चात फरार रहेको अवस्थामा उनीहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतसमेतबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो।

चेक अनादर मुद्दामा एक महिना कैद र ३ हजार रुपैयाँ दण्ड सजाय पाएका कलैया उपमहानगरपालिका वडा नं.१९ का ४९ वर्षीय ओसि महम्मद ठकुराईलाई प्रहरीले पक्राउ गरेको हो। चेक अनादर मुद्दामा २ हजार ५ सय रुपैयाँ जरिवाना पाएका कलैया उपमहानगरपालिका –६ का ६५ वर्षीय मोहनलालप्रसाद साह,चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना पाएका कलैया उपमहानगरपालिका –६ का ४६ वर्षिय महाबिर कुमार गुप्ता र चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना पाएका कलैया उपमहानगरपालिका –३ का रोहित मिललाई पक्राउ गरेको छ ।

त्यस्तै नकवजनी मुद्दामा ५ हजार रुपैयाँ जरिवाना पाएका कलैया उपमहानगरपालिका –६ का ३५ वर्षीय राजा हुसेन मिया धोवीलाई प्रहरीले पक्राउ गरेको हो। त्यसैगरी बैंकिङ कसुर मुद्दामा १ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना पाएका कलैया उपमहानगरपालिका –३ का ४२ वर्षीय राधेश्याम पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर