Tuesday, August 4, 2026

एक वर्षमा विभिन्न विपद्को घटनामा परी ४९० जनाको मृत्यु हुदाँ ३८ जना बेपत्ता 

कलैया, २५ चैत। गत बैशाख १ गतेदेखि चैत २४ गतेसम्म विभिन्न किसिमका विपद्को घटनामा परी ४ सय ९० जनाको मृत्यु भएको छ भने १ हजार ९ सय ६५ जना घाइते हुदाँ ३८ जना बेपत्ता भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार झण्डै एक वर्षको अवधिमा देशभर ७ हजार ५ सय ४७ विपदका घटना भएका छन् । विपदका कारण १३ हजार ५ सय ४ वटा परिवार प्रतक्ष्य रुमपा प्रभावित भएकाे ।

सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलागीको घटना सबैभन्दा धेरै ३ हजार ६ सय ५२ रहेको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै बाढी पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद र विपदजन्य घटनाका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ ।

आगलागीमा परेर मात्रै १ सय ४ जनाको मृत्यु भएको छ । ५ सय ६३ जना घाइते हुँदा ४ हजार १ सय ८२ परिवार प्रत्यक्ष रुपमा पीडित भएका छन् । यस्तै बाढीका कारण मात्रै ३ सय २८ घटनामा ३९ जनाको ज्यान गएको छ । बाढीमा परेर २७ जना बेपत्ता हुँदा १४ जना घाइते भएका छन् । ६ सय २१ पहिरोका घटना हुदाँ पहिरोमा परेर ७६ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण ७ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।

४ सय १९ चट्याङका घटना हुँदा ४८ जनाको ज्यान गएको छ।हावाहुरीका कारण ४ सय ७७, वन डढेलोको ३ सय २४ घटना हुँदा २ जनाको मृत्यु भएको छ। यस्तै जनावर आक्रमणका ५ सय ९ तथा लेक लाग्नुका १ सय ३१ घटना भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर