Saturday, September 26, 2026

बारामा एक जना फरार प्रतिवादी पक्राउ

Advertisement
Advertisement

बारा ,२७ चैत ।  बारा प्रहरीले बैंकिङ्ग कसुर , चेक अनादर मुद्दामा फरार रहेका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरी कारवाहीको सिलसिलामा प्रहरी चौकी गन्जभवानीपुरबाट खटिएको प्रहरी टोलिले बारा जिल्लाको महागढीमाई नगरपालिका –१० गन्जभवानीपुरमा बस्ने ५२ वर्षीय महम्मद फिरोज देवानलाई पक्राउ गरिएको हो।

बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका वारदात पश्चात फरार रहेको उनलाई लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको हो। बाराको महागढीमाई नगरपालिका –१० तरकारी बजार स्थितबाट बिहिवार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

बैंकिङ्ग कसुर,चेक अनादर मुद्दामा १० दिन कैद र १४ लाख ५० हजार रुपैयाँ दण्ड सजाय उनले पाएका हुन्। पक्राउ परेका देवानलाई बारा जिल्ला अदालतमा दाखेल गरिएका प्रवक्ता पण्डितले बिहिवार एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर