Friday, September 25, 2026

कलैयामा ५० लाख बराबरको चोरी

Advertisement
Advertisement

बारा,०४ वैशाख । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा एक घरमा ताला तोडेर करिब ५० लाख रुपैयाँ बराबरको चोरी भएको छ। हनुमान मन्दिरदेखि अदालत जाने नयाँ बसपार्क रोडस्थित जोगी साहका छोरा पन्नालाल प्रसाद साह तेलीको घरमा बि हीबार राति करिब १२ बजे चोरी भएको हो।

चोरहरूले मूल गेटसहित चारवटा कोठाको ताला तोडफोड गरी दराज र लकर फुटाएको धरधनी साहले जानकारी दिएका छन्। घरधनी साहका अनुसार चोरहरूले ९ तोला सुन, ३ तोला चाँदी, नगद ९ लाख ३५ हजार रुपैयाँसहित अन्य सर-सामान करिब ५० लाख रुपैयाँ बराबरको रहेको छ ।

उनका अनुसार २०८२ चैत २९ गते आमाको निधन भएपछि सम्पूर्ण परिवार गाउँ गएको मौकामा घर खाली रहेको बेला चोरी गरिएको हो।

यता जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाबारे अनुसन्धान भइरहेको र जिल्लामा सुरक्षा निगरानी बढाइएको जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर