Friday, September 25, 2026

बारामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय ५० जना भन्दा बढी लाभान्वित

Advertisement
Advertisement

बारा, ०५ बैशाख ।  बाराको करैयामाई गाउँपालिका–६ सिहोर्वामा आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट २५० भन्दा बढी स्थानीय लाभान्वित भएका छन्।

हरियाली कृषि सहकारी संस्थाको आयोजनामा तथा एन.वाई.सि पोलि क्लिनिकको सहयोगमा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिहोर्वामा शनिबार उक्त शिविर सम्पन्न भएको हो ।

शिविरमा सहभागीहरूलाई नि:शुल्क औषधि वितरण, रगत तथा पिसाब परीक्षणका साथै महिलाहरूका लागि आवश्यकताअनुसार भिडियो एक्स–रे (युएसजी) सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।

उक्त शिविरमा डा. सफलाल प्रसाद शाह, डा. बिनोद यादव, डा. राजेश्वरी श्रेष्ठ, मि. आयुष राज शाह, डा. मिथलेश यादव, वसन्त चौधरीलगायत स्वास्थ्यकर्मी, संस्थाका पदाधिकारी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर