Wednesday, June 3, 2026

व्यवसायीमाथि कलैया उपमहानगरका नगर प्रहरीको अमानवीय व्यवहार

spot_img

बारा, ८ वैशाख । बाराको कलैया उपमहानगरपालिकाका नगर प्रहरीले स्थानीय व्यवसायीमाथि अमानवीय व्यवहार गरेपछि कलैया बजार क्षेत्र मंगलबार दिनभर तनावग्रस्त बनेको छ।

बजार व्यवस्थापनका नाममा निस्किएका नगर प्रहरीको एउटा समूहले पसलभित्रै छिरेर व्यवसायीलाई घिसार्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उपमहानगरको चौतर्फी आलोचना भइरहेको छ।

मंगलबार दिउँसो नगर प्रहरी र व्यवसायीबीच सामान हटाउने विषयमा विवाद भएको थियो। प्रत्यक्षदर्शीका अनुसार विवाद बढ्दै जाँदा नगर प्रहरीको टोलीले पसल सञ्चालकलाई पसलभित्रैबाट लछारपछार गर्दै बाहिर निकालेर सडकमा घिसारेका थिए। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा नगर प्रहरीले व्यवसायीलाई मर्नासन्न हुने गरी अभद्र व्यवहार गरेको प्रष्ट देखिन्छ।

व्यवसायीका अनुसार नगर प्रहरीले सामान जफत गर्ने बहानामा एक युवकलाई सडकमा घिसारेको बताए । “अहिलेको आर्थिक मन्दी र चर्को महँगीले व्यवसाय धान्नै गाह्रो भइरहेका बेला उपमहानगरले अभिभावकीय भूमिका खेल्नुको साटो उल्टै हाम्रो मनोबल गिराउने र शारीरिक चोट पुर्‍याउने काम गरेको छ,” व्यवसायीले बताए।

नगर प्रहरीको उक्त कार्यपछि स्थानीय व्यवसायीहरू प्रतिकारमा उत्रिएका थिए। आक्रोशित भीडबाट नगर प्रहरीलाई जोगाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गर्नु परेको थियो। स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि सुरक्षाकर्मीले नगर प्रहरीलाई आफ्नै गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्‍याएका थिए।

यसअघि पनि कलैयामा सडक व्यापारी र साना व्यवसायीमाथि नगर प्रहरीले अमानवीय व्यवहार गर्ने गरेका घटनाहरू सार्वजनिक हुँदै आएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर