Friday, September 25, 2026

वीरगञ्ज महानगरद्वारा भूमिहीन प्रभावितलाई ३० दिनभित्र विवरण पेश गर्न आह्वान

Advertisement
Advertisement

वीरगञ्ज,११ बैशाख । पर्साको वीरगञ्ज महानगरपालिकाले त्रिभुवन राजपथ विस्तार क्रममा प्रभावित भएका भूमिहीन तथा सम्पत्ति विहीन घरजग्गा धनीहरूलाई राहतका लागि विवरण पेश गर्न सूचना जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार उत्तर गण्डक चोकदेखि दक्षिण मितेरी पुलसम्मको सडक क्षेत्रमा पर्ने २५/२५ मिटर अतिक्रमण हटाउने क्रममा पूर्ण रूपमा भूमिहीन भएका र मुलुकको अन्यत्र कहिँ पनि जग्गा नभएका घरधनी व्यक्तिहरूलाई लक्षित गरी सूचना प्रकाशित गरिएको हो।

प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिल कुमार कर्णद्वारा जारी सूचनाअनुसार प्रभावित व्यक्तिहरूले नेपाल सरकारसँग राहत माग गर्नका लागि आवश्यक सम्पूर्ण प्रमाणसहित ३० दिनभित्र महानगरको सम्बन्धित कार्यालयमा विवरण पेश गर्नुपर्नेछ।

यस कार्यका लागि भूमी व्यवस्थापन तथा शहरी विकास महाशाखाका प्रमुख इन्जिनियर गौरव कुमार झा (सम्पर्क नं. ९८१८८५४७१०) मा सम्पर्क गर्न सकिने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर