Friday, September 25, 2026

तापक्रम बढ्दै जाँदा कलैयामा एन.सी.सी. अल्मुनाई एसोसिएसनद्वारा पानी तथा शरबत वितरण

Advertisement
Advertisement

बारा, १२ बैशाख । अत्यधिक गर्मीलाई मध्यनजर गर्दै एन.सी.सी. अल्मुनाई एसोसिएसन बारा जिल्लाका क्याडेटहरूले कलैयास्थित भरत चोकमा सर्वसाधारणका लागि शुद्ध पिउने पानी तथा शरबत वितरण गरेका छन्।

शनिबार भरत चोकमा आयोजित एक कार्यक्रम बीच करिब १ हजार १५० जना सर्वसाधारणलाई पानी तथा शरबत वितरण गरेका हुन् ।

कार्यक्रममा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको सक्रिय सहभागिता रहेको थियो। उनीहरूको सहकार्यले कार्यक्रमलाई व्यवस्थित, सुरक्षित तथा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।

एन.सी.सी. अल्मुनाई एसोसिएसन मधेश प्रदेशका प्रमुख सल्लाहकार महावीर प्रसाद रिशाल तथा बारा जिल्ला निर्देशक धर्मेन्द्र शाहको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो। साथै, कार्यक्रम सञ्चालनका लागि आवश्यक आर्थिक सहयोग समेत प्रमुख सल्लाहकारबाट उपलब्ध गराइएको थियो ।

गर्मीका कारण सर्वसाधारणलाई राहत पुर्‍याउने उद्देश्यले आयोजना गरिएको निर्देशक धर्मेन्द्र शाहले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर