Friday, September 25, 2026

मधुवनमा सालको गोलिया काठसहित एक जना पक्राउ

Advertisement
Advertisement

बारा १३ बैशाख । डिभिजन वन कार्यालय बाराअन्तर्गत मधुवन सब डिभिजन वन कार्यालयको गस्ती टोलीले अवैध रूपमा काटिएको साल जातको काठसहित एक जनालाई पक्राउ गरेको छ ।

गएराति करिब १२ बजे रेञ्जर उदय पुडासैनीको नेतृत्वमा खटिएको गस्ती टोलीले नियमित अनुगमनका क्रममा साल जातको गोलिया काठ थान १, काठ काट्न प्रयोग गरिएको आरा थान १, साइकल थान १ तथा एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत सुजित कुमार झाले जानकारी दिए ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं. १५ बकुलहर बस्ने वर्ष ४८ का हिरा सहनी रहेका छन् । वन क्षेत्रभित्र अवैध रूपमा रुख कटानी तथा काठ ओसारपसार भइरहेको सूचनाका आधारमा गस्ती टोली परिचालन गरिएको मधुवन सब डिभिजन वन कार्यालयले जनाएको छ।कार्यालयका अनुसार हिरा सहनीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ भने घटनासँग संलग्न अन्य व्यक्तिको खोजीसमेत भइरहेको छ ।

वन कार्यालयका अनुसार पछिल्लो समय वन अतिक्रमण, अवैध कटानी तथा काठ चोरी नियन्त्रणका लागि रात्री गस्तीलाई थप प्रभावकारी बनाइएको छ। वन सम्पदाको संरक्षण तथा अवैध गतिविधि नियन्त्रणमा यस्ता अभियानले महत्वपूर्ण भूमिका खेलेको कार्यालयको भनाइ छ ।यस सफल कारबाहीमा संलग्न मधुवन सब डिभिजन वन कार्यालयका सम्पूर्ण कर्मचारीलाई डिभिजनल बन अधिकृत झाले धन्यबाद दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर