बारा, २० वैशाख । आज आइतबार नेपाली बजारमा सुनको मूल्यघटेको छ भने चाँदी बढेको छ ।
सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि अघिल्लो दिन सुनको तोलामा २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य आज तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला ५ हजार १० रुपैयाँ कयम भएको महासंघले जनाएको छ ।
यस अघि अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।



