Friday, September 25, 2026

बारामा लागूऔषध गाँजासहित दुई जना पक्राउ

Advertisement
Advertisement

बारा,२१ वैशाख । बारा प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको छतिवन गाउँपालिका–४ बस्ने बुद्धिमान गोलेका अन्दाजी १३ वर्षीय छोरा सुरेन्द्र गोले र राकसिराङ गाउँपालिका–७ बस्ने प्रकाश गुरुङका अन्दाजी १७ वर्षीय छोरा सलमान गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोक (ट्राफिक कार्यालय अगाडि) प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युबराज दाहालको कमाण्डमा खटिएको चेकिङ टोलीले आइतबार राति हेटौँडाबाट पथलैया तर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ५७६४ नम्बरको स्कुटरलाई शंकाको आधारमा रोकी जाँच गरेको थियो।

जाँचका क्रममा स्कुटरको अगाडि खुट्टा राख्ने भागमा कालो प्लास्टिकले बेरेर लुकाई–छिपाई ल्याउँदै गरेको अन्दाजी २१ केजी गाँजा बरामद गरिएको बारा प्रहरीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिएका छन्। उनका अनुसार पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर