Friday, September 25, 2026

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बाल एकतामा एक दिने एआई तालिम सम्पन्न

Advertisement
Advertisement

बारा,२२ वैशाख । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बाराको कलैयास्थित बाल एकता इङलिस बोर्डिङ्ग तथा +२ कलेजमा आज एक दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम सम्पन्न भएको छ। क्यान महासंघ बाराको आयोजनामा तथा बाल एकता कलेजको सहकार्य र डायनामिक टेक्नोसफ्टको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

“सूचना प्रविधिको विस्तार: दिगो विकासको आधार” भन्ने मूल नारासहित आयोजित उक्त तालिममा विद्यार्थीहरूलाई डिजिटल प्रविधि, कन्टेन्ट निर्माण तथा एआई सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको क्यान बारा जिल्ला अध्यक्ष लक्ष्मण चौधरीले जानकारी दिएका छन्।

कार्यक्रमका मुख्य प्रशिक्षक क्यान बाराका संयोजक शशिभूषण प्रसाद रहेका थिए। तालिमका क्रममा उत्कृष्ट उत्तर दिने तीन जना विद्यार्थीलाई शर्मा इलेक्ट्रोनिक्सको तर्फबाट गिफ्ट प्रदान गरिएको जनाइएको छ।

कार्यक्रममा क्यान मधेस प्रदेशका अध्यक्ष गणेश शर्मा, बाल एकता स्कुलका प्रबन्ध निर्देशक सुमोध सरार्फ, +२ कोअर्डिनेटर प्रिन्स कुमार सिंह, अनिल साह तथा कक्षा ११ का विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सुरेश यादवले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर