Friday, September 25, 2026

बारामा सात किलो लागूऔषध गाँजासहित एक जना पक्राउ

Advertisement
Advertisement

बारा, २३ वैशाख । बारा प्रहरीले बाराको सिम्रौनगढमा सात किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका –६ गोलागंजका अन्दाजी ३० वर्षीय विश्वनाथ मलिक डोम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बारा अनुसार विशेष सूचनाको आधारमा सोमबार इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी नायब निरीक्षक सुन्दरकान्त मिश्राको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

सिम्रौनगढ नगरपालिका–६ गोलागंजस्थित उनको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखिएको अवस्थामा ७ किलो गाँजा बरामद गरिएको निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका छन्। उनका अनुसार पक्राउ परेका डोमलाई बारा जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर