Friday, September 25, 2026

सरकारले मटिअर्वा छोटी भन्सार सञ्चालन प्रक्रिया अघि बढायो

Advertisement
Advertisement

बारा, २४ वैशाख । सीमावर्ती क्षेत्रका बासिन्दाको लामो समयदेखिको माग र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यका साथ सरकारले मटिअर्वा छोटी भन्सारलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

सरकारले देशभर रहेका १८ वटा छोटी भन्सारको सूचीमा वीरगंज भन्सार कार्यालय अन्तर्गत मटिअर्वा छोटी भन्सारलाई पनि समावेश गरेको हो। सरकारले उक्त भन्सार सञ्चालनका लागि आवश्यक प्रशासनिक प्रक्रिया तत्कालै अगाडि बढाउने तयारी गरेको छ।

लामो समयदेखि बन्द प्रायः रहेको भन्सार सुचारु भएपछि सीमापार व्यापार सहज हुने र राजस्व संकलनमा समेत वृद्धि हुने विश्वास लिइएको छ।

यसका साथै भन्सार क्षेत्रको भौतिक पूर्वाधार निर्माण तथा उचित व्यवस्थापनका लागि बारा क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजनको माग गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

मटिअर्वा नाकाको स्तरोन्नति र पूर्वाधार विकासले यस क्षेत्रको समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याउने सांसद साहको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर