Friday, September 25, 2026

बारामा बर्डफ्लुका कारण अनुसन्धान कार्यक्रमलाई करिब ५० लाखको क्षति

Advertisement
Advertisement

बारा, २६ वैशाख । बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु संक्रमण देखिएपछि करिब रु ५० लाख बराबरको क्षति भएको छ।

गत चैत अन्तिम साता टर्की जातका पन्छीमा पहिलो पटक बर्डफ्लु पुष्टि भएपछि फार्ममा रहेका अन्य प्रजातिका पन्छीमा समेत संक्रमण फैलिएको र नियन्त्रणका लागि सबै पन्छी, अण्डा तथा दाना नष्ट गर्नुपरेको कार्यालयले जनाएको छ।

सूचना अधिकारी खमबहादुर प्रजाका अनुसार करिब दुई हजार कुखुराका चल्ला, १,२०० हाराहारी गिरीराज लगायतका कुखुरा, ३३ वटा तित्रा, ४७ वटा टर्की र करिब ४५० वटा बट्टाई नष्ट गरिएको हो।

त्यस्तै ८३५ किलो एल–१ दाना, ४५५ किलो एल–२ दाना र १,८३५ किलो एल–३ दाना समेत नष्ट गरिएको छ। सम्पूर्ण प्रक्रिया पूरा गरी जैविक सुरक्षाका मापदण्डअनुसार फार्ममा निर्मलीकरणको काम भइरहेको उनले बताए।

हाल फार्ममा चुना छर्किने, मल पुर्ने तथा आगोको ताप प्रयोग गरी सरसफाइ तथा संक्रमण नियन्त्रणको काम जारी छ। कार्यालयले पुनः सञ्चालनका लागि पोखरा र नेपालगञ्जस्थित कार्यालयबाट आवश्यक पन्छी तथा अण्डा ल्याउने तयारी पनि गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर