Sunday, July 19, 2026

मटिअर्वा दशगजामा एपीएफ र एसएसबीको संयुक्त सरसफाइ

बारा,०३ जेठ । नेपाल-भारत सीमा क्षेत्रअन्तर्गत बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित दशगजा क्षेत्रमा शनिबार सशस्त्र प्रहरी बल (एपीएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले सरसफाइ गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वा, बाराका सशस्त्र प्रहरी तथा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीहरूको सहभागितामा सीमा क्षेत्रका सडक तथा सार्वजनिक स्थानहरूमा सरसफाइ गरिएको हो।

सीमा क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित राख्ने उद्देश्यले संयुक्त सरसफाइ कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरीले जनाएको छ। कार्यक्रममार्फत नेपाल र भारतका सुरक्षा निकायबीच आपसी समन्वय, सहकार्य तथा मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य रहेको सशस्त्र प्रहरीको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर