Sunday, July 19, 2026

“खेत सुक्दै छन्, उत्पादन घट्दै छ” : मधेसको कृषि समस्यामाथि सांसद सिंहको ध्यानाकर्षण

बारा, ०४ जेठ । प्रतिनिधिसभा सदस्य चन्दन सिंहले मुलुक कृषि प्रधान देश भनिए पनि वास्तविक किसानहरू आधारभूत आवश्यकताबाटै पीडित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले मल, बीउ, सिँचाइ र उत्पादित वस्तुको उचित मूल्य नपाउँदा किसानहरू चरम मर्कामा परेको बताए। नेपाल जलस्रोतमा धनी देश भएर पनि मधेसका किसानहरूले सिँचाइको चरम समस्या भोग्नुपरेको उनले उल्लेख गरे।

“मधेसका किसानहरू ट्रान्सफर्मर जलेर महिनौँसम्म सिँचाइ र विद्युतबाट वञ्चित छन्,” बैठकमा बोल्दै उनले भने, “खेतहरू सुकिरहेका छन् र उत्पादन घट्दै गइरहेको छ।”

सांसद सिंहले जलवायु परिवर्तनको असरका कारण वर्षा प्रणाली असन्तुलित हुँदै गएको र यसले आगामी दिनमा संकट थप बढाउन सक्ने प्रतिचिन्ता व्यक्त गरे ।

कृषि क्षेत्रमा देखिएका यस्ता गम्भीर समस्या र अनियमित वर्षाका कारण युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको उनको भनाइ थियो। किसान कमजोर भए देशको अर्थतन्त्र र भविष्य दुवै कमजोर हुने तर्फ सचेत गराउँदै सांसद सिंहले सरकारसँग तत्काल समस्या समाधानको माग गरेका छन्।

उनले किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन, भरपर्दो सिँचाइको व्यवस्था गर्न, आवश्यकता अनुसारको ट्रान्सफर्मर तथा विद्युतको व्यवस्थापन गर्न र कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्न माग गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर