Monday, October 5, 2026

बारामा एउटा फैक्ट्रीमा आगलागी हुँदा २ करोड बराबरको क्षति

Advertisement
Advertisement

बारा, ०७ जेठ। बाराको प्रसौनी स्थित एउटा लाइटर फैक्ट्रीमा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्लाको प्रसौनी गाउँपालिका वडा नं ४ स्थित पशुपति लाइटर फैक्ट्रीको लाइटर भर्ने प्लान्टबाट हातले गुडाउने ट्रलिमा लाइटर लोड गरी अर्को ठाउँमा सार्ने क्रममा ट्रली लडी बुधबार बेलुका साढे ७ बजेतिर आगलागी भएको हो।

आगलागीमा लाइटर बनाउने प्लान्टमा ठूलो क्षति तथा २ करोड रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र ईलाका प्रहरी कार्यालय प्रसौनी बाराले जनाएको छ।

आगलागीलाई इलाका प्रहरी कार्यालय प्रसौनीको टोली, फैक्ट्रीमा कार्यरत कामदार तथा गाउँपालिकाको वरुण यन्त्रको सहयोगमा हिजो नै नियन्त्रणमा लिइएको थियो। आगलागीबाट मानवीय क्षत नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर