Sunday, July 19, 2026

कलैया-महागढीमाई सिमा विवाद हुँदा नगर प्रहरीबीच झडप, ६ जना घाइते

बारा, १२ जेठ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर-२६ मा सिमा विवाद चर्किँदा कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिका का नगर प्रहरीबीच मंगलबार साँझ झडप भएको छ। घटनामा दुवै पक्षका गरी ६ जना नगर प्रहरी घाइते भएका छन्।

सिस्वा–महेशपुरस्थित छठिया पोखरी नजिक संघीय सरकारको खानेपानी आयोजनाको कम्पाउन्ड विस्तार गर्ने क्रममा विवाद सुरु भएको हो ।

महागढीमाई नगरपालिकाका नगर प्रहरीहरूले निर्माणाधीन संरचनाको बिम र रड तोडफोड गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो। त्यसपछि “यो हाम्रो सिमाभित्र पर्छ” भन्ने विषयमा दुबै पक्षबीच भनाभन हुँदै झडपमा परिणत भएको स्थानीयले बताएका छन्।

कलैया उपमहानगरपालिकाको विपद् तथा वातावरण शाखाका प्रमुख भुलन साहका अनुसार झडपमा लक्ष्मी यादव, राकेश यादव, विवेक सिंह, विजय यादव र नेहा दास घाइते भएका छन्। उनीहरूको बयोधा अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी महागढीमाई नगरपालिका तर्फका नगर प्रहरी धर्मराज यादव घाइते भएको नगर प्रहरी इन्चार्ज अनिल लहेराले जानकारी दिए। घाइते यादवको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको उनले बताए। कलैया-महागढीमाईबीच पर्ने छठिया पोखरी क्षेत्रको सिमा विषय विवादित रहँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर