Friday, September 25, 2026

हुलाक सेवामार्फत बारामा एकै दिन २६ जनालाई घरमै राहदानी वितरण

Advertisement
Advertisement

बारा, ३० जेठ । बारामा हुलाक सेवामार्फत एकै दिन २६ जनालाई राहदानी (पासपोर्ट) वितरण गरिएको छ। जिल्ला हुलाक कार्यालय बाराका मातहतमा रहेका पालिका हुलाक प्रमुखहरुले शुक्रबार सेवाग्राहीहरूको घरमै पुगेर राहदानी बुझाएका हुन्।

जिल्ला हुलाक कार्यालय बाराका खरिदार गौतम सिंह बस्तीका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला हुलाक कार्यालय बाराबीच गत वैशाख २५ गते हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सम्बन्धमा औपचारिक सम्झौता भएको थियो।

उक्त सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार पहिलो पल्ट २८ वटा राहदानी जिल्ला हुलाक कार्यालयलाई हस्तान्तरण गरेको थियो। तीमध्ये शुक्रबार २६ वटा राहदानी सम्बन्धित सेवाग्राहीसम्म पुर्‍याइएको खरिदार बस्तीले जानकारी दिए। बाँकी दुई वटा राहदानी वितरणको प्रक्रिया जारी रहेको उनले बताए।

उनका अनुसार जिल्ला हुलाक कार्यालय बारामा प्राप्त दुई राहदानीमध्ये एक वितरण गरिएको छ भने अर्को वितरण हुन बाँकी छ। यस्तै, हुलाक कार्यालय जितपुरसिमरा उपमहानगरपालिकामा प्राप्त १० राहदानीमध्ये ९ वटा वितरण गरिएको छ भने एउटा बाँकी रहेको छ।

हुलाक कार्यालय निजगढमा प्राप्त आठवटै राहदानी वितरण गरिएको छ। त्यसैगरी देवताल गाउँपालिकामा प्राप्त एक राहदानी, बारागढी गाउँपालिकामा प्राप्त एक राहदानी, कोल्हवी नगरपालिकामा प्राप्त दुई राहदानी, महागढीमाई नगरपालिकामा प्राप्त तीन राहदानी तथा सुवर्ण गाउँपालिकामा प्राप्त एक राहदानी पनि सम्बन्धित सेवाग्राहीलाई वितरण गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर